बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) मंसिर ३० गतेदेखि सुरु

काठमाडौ । बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट यहि मंसिर ३० गतेदेखि पुस ६ गते सम्म हुने भएको छ ।

याेल्माे कग्यु संघ ल्हाेसाङ्ग नेपालका अध्यक्ष कर्म लेक्सेकाे अध्यक्षतामा बसेकाे बैठकले आगामी मंसिर ३० देखि पुस ६ गते ( डिसेम्बर १५ देखि २१) सम्म भारतकाे  बोधगयामा ७ दिन सम्म हुन गईरहेकाे काग्यु मोन्लम छेन्मोमा नेपालबाट सहभागी हुने भक्तजनकाे नाम संकलन तथा यातायात व्यवस्थापन सम्बन्धि तयारीकाे विषयमा विभिन्न निर्णयहरु गर्दै  उपसमिति गठन गरेर जिम्मेवारी दिएको छ ।

बैठकले यातायात व्यवस्थापन उपसमिति , स्वयंसेवक व्यवस्थापन , नाम संकलन लगायत  उपसमिति  गठन गरेर  जिम्मेवारी दिएको संघका महासचिव युवराज लामा याेल्माेले जानकारी दिनुभयाे । याेल्माे कग्यु संघ ल्हाेसाङ्ग नेपाल सहआयाेजक रहने संघका महासचिव युवराज लामा याेल्माेले बताउनुभयो । महापुजामा यश वर्ष  सहभागी हुन लामा ,भिक्षु, उपासाक उपासिकी गरि नेपालबाट ५ हजार भन्दा माथि बाेधगया भारत जाने तयारी भईरहेकाे जानकारी दिनुभयो । अहिले नाम संकलन तथा यातायात व्यवस्थापन कार्य भईरहेकाे संघले जनाएको छ ।


काग्यु माेन्लम छेन्माेमा नेपाल , भारत , भुटान, जापान,चिन, कम्बोडिया,थाईल्याण्ड ,युरोप , लगायत विश्वका विभिन्न  राष्ट्रबाट बाैद्व धर्मलम्बी  भक्तजनको सहभागी हुने गर्दछ ।

काग्यु मोन्लाम छेन्मो बौद्द धर्मवलाम्बीले प्रणीधान अर्थात विशेष गरेर विश्व शान्तिको लागि गरिन्ने  महापुजा हाे ।  सबैमा सकारात्मक साेचबिचार , हत्या हिंसात्मक गतिविधिबाट मुक्त  ,र सुख शान्ति उत्तरतर प्रगतिको कामना गर्दै धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट विश्व शान्तिकाे पुजा गर्दै भक्तजनलाई वाङ अभिषेक प्रदान गिरनेछ ।  भारतकाे बाेधगया भगवान गाैत्तम बुद्वले ज्ञान हासिल गरेको बुद्वतृव प्राप्त गरेको ठाउँ भएकाले बाैद्व धर्मलम्बिले ठुलो तिर्थस्थलकाे रुपमा मान्य गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।