किरात राई यायोक्खा बेलायत रसमूरमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

लन्डन । किरात राई यायोक्खा बेलायत रसमूरमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

किरात राई यायोक्खा बेलायत रसमूर प्रारम्भिक कार्यसमितिको मेयफेर कम्युनिटी सेन्टर फानबोरोमा भएको सातौं अधिवेशनले खड्क राईको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धन राई, उपाध्यक्षहरु प्रेम राई, नमिता राई, नवराज राई, लक्ष्मी राई र कृष्ण राई, सचिव जय पुमा राई, सहसचिवहरु तिलक राई र दिलु राई, कोषाध्यक्ष नवराज राई (माइला), सहकोषाध्यक्ष पदमा राई र भविन्द्र राई चयन हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।

यस्तै सदस्यहरुमा मेनुका राई, मिना राई, कमल राई, अमृत राई, जसुधा राई, गणेश राई, बेद राई, नविन राई, राजेन राई, नरेश राई, सैलेश राई, मनिराम राई, दयिन्द्र राई, भक्त राई, मिनकुमार राई, युगल राई र सनम राई छनोट हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति प्रमुख जितेन्द्र राईले शपथग्रहण गराउनुभएको थियो ।

अधिवेशन प्रमुख अतिथि किरात राई यायोक्खा बेलायतकी उपाध्यक्ष प्रमिला लाबुङ राई र किराया रसमूर शाखा अध्यक्ष ध्रुवसरी राईले दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम खुलासत्र र बन्दसन्त्र गरी दुई भागमा विभाजन गरिएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अगाडि संस्थाका उपाध्यक्ष प्रेमबहादुर राईले सेफ्टी ब्रिफ गर्नुभयो । सचिव जय पुमा राईले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष धन राईले राख्नु भएको थियो ।

अधिवेशनमा किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष चन्द्रबहादुर राई, पूर्वअध्यक्ष रामधन राई साथै शाखाका निवर्तमान अध्यक्ष परशुराम राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाको सांगठानिक प्रतिवेदन सचिव जय पुमा राईले पेश गर्नुभयो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष नवराज राईले पेश गर्नु भएको थियो ।

अध्यक्ष ध्रुवसरि राईले दुई कार्यकालभरि सहयोग गर्नुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिँदै वर्तमान कार्यसमिति विगठन गरी संस्थाको सम्पूर्ण जिम्मा निर्वाचन मण्डललाई दिनुभएको थियो ।

निर्वाचन मण्डलमा प्रमुख किरात राई यायोक्खा बेलायतका निवर्तमान उपाध्यक्ष जितेन्द्र राई, सचिवमा प्रमिला लाबुङ राई र सदस्यमा थामबहादुर राई रहनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।