नेपालले जित्यो मिसेस हेरिटेजको शिर्ष ताज

काठमाडौं । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शिर्ष उपाधि नेपालले जितेको छ । थाईल्याण्डको राजधानी बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस् हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन् । मिस तर्फको शिर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शिर्ष विजेताले पर्सनालिटी बिधाको अवार्ड समेत हात पार्न सफल रहे ।

सौन्दर्य प्रतियोगिता मार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवद्र्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगीताको सातौं संस्करण हो । प्रतियोगीतामा ‘मिसेस हेरिटेज इन्टरेनसनल’तर्फ फिलिपिन्स फस्ट रनरअप, भारत सेकेन्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप बन्दा मिसेस् तर्फ म्यानमार फस्ट रनर अप, युके सेकेन्ड रनर अप, जापान थर्ड रनर अप र पेरु फोर्थ रनर भयो । ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना रहेको प्रतियोगीताको संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले सह–समन्वय दुर्गा बिशुरालद्वारा गरिएको थियो । स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रुपमा सम्लाहेको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

प्रतियोगितामा नेपालकी एलिशा लोलाई टुरिजम एम्बेसडर तथा मिसेस् तर्फकी नेपालकी विभा बस्नेतलाई हेरिटेज एम्बेसडरका रुपमा छनौट गरिएको छ । इभेन्ट एम्बेसडरका रुपमा थाईल्याण्ड र भियतनामकी सुन्दरीहरु चयन भएका थिए ।

प्रतियोगितामा नेपालका तर्फबाट हेरिटेज जेम्स विधामा सहभागी बालबालिकाले पनि सफलता हात पारे । प्रतियोगितामा प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’को शीर्ष उपाधि जिते भने क्यारिन दोङले ‘हेरिटेज जेम्स वल्र्ड’को ताज हात पारिन् । त्यस्तै निशान उलक ‘हेरिटेज जेम्स अर्थ’ फस्ट रनर अप र नभ्नी उलक ‘हेरिटेज जेम्स एशिया २०२४’मा फस्ट रनर अप’ चयन भए ।

प्रतियोगितामा प्रशंसा बुढाथोकीले हेरिटेज ‘जेम्स युनिभर्स २०२४’को ताज पहिरिन सफल भएकी छिन् । वसन्त लामिछानेले ‘मिष्टर हेरिटेज युनिभर्स २०२४’को उपाधि उचालेका छन् । ‘मनिशा राजवंशीले ‘हेरिटेज पेटाइट युनिभर्स २०२४’को ताज हाट पारेकी छन् । सुश्मिता श्रेष्ठले ‘एमएस हेरिटेज इन्टरनेसनल २०२४’को ताज मिस तर्फ सहभागी एलिसा टुरिजम एम्बेसडरका रुपमा उनले ‘वेष्ट स्माइल’ र ‘फोटो जेनिक’ अवार्ड समेत प्राप्त गरिन् । कार्यक्रममा नेपालकै शिशिर लामिछाने ग्राण्ड हेरिटेज रनवेका लागि एम्बेसडर घोषणा गरिएको थियो ।

‘हेरिटेज प्याजेन्टस् २०२४’मा यो पटक नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।