धनकुटामा उद्यमीको एउटै गुनासो, बजारको ब्यबस्था गरिदेउ सरकार
धनकुटा । पछिल्लो समय पहाडी क्षेत्रका अधिकाशं घरेलु उद्योग बन्द हुने अबस्थामा पुगेको भन्दै उद्यमीहरुले उत्पादनलाई सहज बजारको ब्यबस्था गरिदिन आग्रह गरेका छन् ।
दशौ उद्योग दिवसको अबसरमा घरेलु तथा सानाउद्योग कार्यालय धनकुटाले धनकुटाको सिधुवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्यमीले यस्तो गुनासो गरेका हुन् ।
वजार सहज भए उद्यमीलाई अनुदान समेत आबश्यक नपर्ने सिधुवाका उद्यमी अम्बर घिमिरेको भनाई छ । आयातित बस्तु संग प्रतिस्पर्धा गर्न नसक्दा, प्रबिधि तथा बजारको पहुचवाट टाठा हुदा यस्तो समस्या आएको उनिहरुको गुनासो छ ।
ढाका कपडा उद्यमी रबिजा लिम्बुले केहि बर्ष अघि सम्म ढाका कपडा राम्रो संग बिक्रि हुदै आए पनि अहिले बिक्रि हुन छाडेको गुनासो गर्नु भयो । लागत महगो पर्ने भएकाले सस्तोमा बिक्रि गर्न नसकिएकाले पेसाबाटै बिस्थापित हुने गर्ने अबस्था आएको उहाँको गुनासो छ ।
त्यस्तै दुग्ध उद्यमी पनि पेसावाट पलायन हुनुपर्ने अबस्था आएको उद्यमाी काशी राज निरौलाको गुनासो छ । दुग्धजन्य उत्पादनको मुल्यका कारण उत्पादन गोदाममै थन्किएको उहाको भनाई छ । त्यस्तै कृषिजन्य उद्यमीको समेत अबस्था उस्तै रहेको गुनासो उमद्यीको गुनासो छ । दिगो बजारको ब्यबस्थापन नभए सम्म उद्यमी जहिलै समस्यामा पर्ने भन्दै दिगो बजारको ब्यबस्थापन गरिदिन आग्रह समेग गरेका छन् । एक बर्ष तरकारीको मुल्य राम्रो पाउने तर अर्को बर्ष मुल्य नपाउदा बारीमै तरकारीवालि कुहाउने अबस्था रहेको सिधुवाका कृषक मेघराज खड्काको गुनासो छ ।
कार्यक्रम जिल्ला स्थित बिभिन्न कार्यलयका प्रतिनिधि जिल्ला समन्बय प्रमुख तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि सगै बिभिन्न क्षेत्रका उद्यमीको सहभागिता रहेको थियो ।


