धरानमा यसरी सम्पन्न भयो सुम्निमा पारुहाङ्ग साँझ

धरान। मङ्सिर ७ गते शुक्रबार साँझ पुर्वको चर्चित शहर धरानको धरान रंगशालाको मैदान निक्कै लामो समयपछि पुरै भरिएको थियो। एकदिन अघिदेखि नै धरानमा छिमेकी देश भारतको सिक्किम , दार्जिलिङ्ग , सिलिगुडी लगायतका स्थानहरुबाट बाक्लो रुपमा दर्शकहरु आईपुगेका थिए हने पुर्वका बिभिन्न सहरहरु संगै पश्चिमतिर बुटवल ,पोखरा ,चितवन सम्मका दर्शकहरु आएका थिए।

धरानका लोकप्रिय मेयर हर्क साम्पाङ्गको चिन्ड़े डाँडा धरानमा बनाउन लागेको सांस्कृतिक धरोहर सुम्निमा पारुहांगको प्रतिमा निर्माण अभियानको लागि गरिएको दोस्रो च्यारिटी कन्सर्ट “सुम्निमा पारुहांग साँझ २०८१ ” मा अहिलेका उदयमान युवापुस्ताका माझ अत्यन्तै चर्चित ब्याण्ड जोन एण्ड द लोकल्स र पूर्ण राई एण्ड दाजुभाईहरु संगै अर्का लिजेण्ड लोकप्रिय ब्याण्ड सबिन राई एण्ड फ्यारोह एउटै स्टेजमा पहिलो पल्ट आफ्नो सांगीतिक प्रस्तुतिको लागि देखा पर्न लागेकोले यो बाक्लो भिड हुनु पनि स्वाभाविक नै थियो। साँझ केहि अबेर सुरु भएपनि लगातार कलाकारहरुको प्रस्तुतिले पूर्ण मनोरंजन पाउन सफल भएको कन्सर्ट सफलता पुर्वक अबेर रातिसम्म करिब १५ हजार देखि माथिको दर्शकहरुको ऐतिहासिक उपस्थितिका बीच सम्पन्न हुनुलाई पनि मान्न सकिन्छ।

कन्सर्टको सुरुवात धरानकि उदयीमान गायिका क्यामरिन माझी र उनको ब्याण्ड आरोहिजले भर्खरै दिवंगत धरानका गायक तथा संगीतकार नवराम राईलाई श्रदान्जली अर्पण गर्दै उनकै संगीत रहेको लोकप्रिय गीत गुराँसको फेद मुनि गाएर गरेका थिए। त्यस्तै लोकप्रिय गायिका तथा पहिलो नेपाल स्टार बिष्णु चेम्जोङ्ग ले द्रब्य ब्याण्ड संगै आफ्नो लोकप्रिय गीतहरु शान्ति लुकाउ कहाँ, याद लगायतका गीतहरु गाएका थिए।

युवापुस्तामाझ चर्चित पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुति पनि यादगार रहयो। उनले आफ्नो चर्चित गीतहरु मनका कुरा , कालो सेतो ,तिम्रो माया उन्नान्सय लगायतका चर्चित गीतहरु गाएर आफूसंगै दर्शकहरुलाई झुमाएका थिए। पूर्ण राईको प्रस्तुति पछि आफ्नो लोकप्रिय अन्दाजमा देखा परेका अर्का लोकप्रिय ब्याण्ड जोन एण्ड द लोकल्सको प्रस्तुति पनि अबिस्यमरणीय रह्यो। ब्याण्डका गायक जोन चाम्लिंगले के गरु , भन मात्र , फर्कन्न होला , प्रश्न , मुटु देखिन , बादल सरी लगायतका गीतहरु गाएर हजारौ दर्शकहरुमाझ आफ्नो अमिट छाप छोड्न सफल देखिन्थे।

कन्सर्टको अन्त्यमा स्टेजमा ओर्लेका अर्का लिजेण्ड सबिन राई एण्ड फ्यारोहको प्रस्तुतिले कन्सर्ट ऐतिहासिक बन्न सफल भयो। उनले समर्पण मेरो , म संसार जित्ने आँट गर्दैछु ,जाँउ कि बसु , तिमि नै हो , कोमल त्यो तिम्रो बदनमा लागायतका चर्चित गीतहरु गएका थिए भने अर्का गायक पूर्ण राई संगै भर्खरै दिवंगत गायक तथा संगीतकार नवराम राईलाई श्रदान्जली अर्पण गर्दै उनि द्वारा संगीतबद्ध गीत गुराँसको फेदमुनि सम्झनाको छाया प्रस्तुत गरेका थिए। आफ्ना दुई चर्चित गायकहरु एक साथ स्टेजमा गाउदा दर्शकहरु थप रोमान्चित देखिएका थिए।

नेपाली पपरक संगीत का अहिलेका हटकेक ब्याण्डहरु जोन एण्ड द लोकल्स र पूर्ण राई एण्ड दाजुभाईहरु संगै अर्का लिजेण्ड लोकप्रिय ब्याण्ड सबिन राई एण्ड फ्यारोहको एउतै स्टेजमा एकै दिनको कन्सर्टमा प्रस्तुति पहिलो पल्ट भएकोले दर्शकहरु निकै नै उत्साहित थिए।

कार्यक्रमको संचालन इक्सा मादेन र महेश लिम्बुले गरेका थिए। धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले सम्पूर्ण कलाकारहरुलाई धन्यबाद सगै सम्मान गएका थिए। सम्पूर्ण कलाकारहरुले कन्सर्टमा आफ्नो निशुल्क प्रस्तुति दिएका थिए।

सिल्भर इन्टरटेनमेन्टको निर्माण तथा व्यवस्थापनमा सुम्निमा पारुहांग साँझ २०८० च्याप्टर २ आयोजना भएको थियो।

केहि समय पछि कार्यक्रमबाट उठेका सम्पूर्ण रकम सुम्निमा पारुहांग प्रतिष्ठानमा बुझाईने कार्यक्रम संयोजक मीना सिंगकले बताउनुभयो। गत चैत्र १० मा आयोजित सुम्निमा पारुहांग साँझ २०८० मा चौसट्ठी लाख अठासी हजार नौ सय उन्नाईस रुपैया रकम हस्तान्तरण गरिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।