विराटनगरस्थित स्वर संगम संगीतालयद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

विराटनगर । विराटनगरस्थित स्वर संगम संगीतालयले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

३० औं वार्षिकोत्सवका अवसरमा संगीतालयले साहित्य, समाजसेवा, संगीत, ललितकलालगायतका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरेको हो ।

स्वरसम्राट नारायणगोपालको ३४ औं स्मृति दिवसको सन्दर्भसमेत पारेर आयोजित कार्यक्रममा संगीतालयका तर्फबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्यकार जयप्रसाद पाण्डे, समाजसेवी जगतप्रसाद अज्र्याल, गायक रामा मण्डल, ललितकला निवास पोखरेल, संगीतालय स्थापनाकालका विद्यार्थीमध्येबाट रश्मी हमाललाई सम्मान गरिएको थियो ।

संगीतालयकाा अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले विराटनगर प्रज्ञा प्रतिष्ठानमार्फत सबै भाषा, साहित्य, कला, संस्कृतिको विकासमा लागिसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा कलाकारहरुले शास्त्रीय संगीतसहित स्वरसम्राट नारायणगोपालका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।