शिवमहापुराणमा गठन गरिएका उपसमितीहरुले गरेका कामको विवरण प्रस्तुत
धनकुटा,२२ मंसिर । धनकुटाको मुलघाटमा आगामी फागुन ४ गतेदेखि ११ गतेसम्म हुन लागेको शिवमहापुराणमा गठन गरिएका उपसमितीहरुले गरेका कामको विवरण प्रस्तुत गरिएको छ ।
आज एक कार्यक्रमका बिच मुल आयोजक समितीले गठन गरिएका १६ वटा उपसमितीका अधिकांश उपसमितीले हाल सम्म गरेका कार्यविवरण आज एक कार्यक्रमका बिच प्रस्तुती सहित विवरण सार्वजनिक गरिएको हो ।
मुल आयोजक समितीले गठन गरेका कलशयात्रा उपसमिती, पुजा व्यावस्थापन उपसमिती, स्वागत सत्कार उपसमिती, यातायत व्यावस्थापन उपसमिती, आर्थिक व्यावस्थापन उपसमिती , प्रचार प्रसार उपसमिती लगायतका उपसमितीले हाल सम्म गरेका कार्यविवरण जानकारी गराएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जर्नाधन घिमिरेले जानकारी जानकारी दिनु भयो ।
शिवमहापुराण सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्य रहेको भन्दै घिमिरेले सबैले आफ्नो आफ्नो स्थान बाट सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो । विश्रान्ति मन्दिर परिसरमा सञ्चालन हुने उक्त धार्मिक अनुष्ठान परमादरणीय जगतगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहन शरण देवचार्य महाराज बाट उद्घाटन हुने आयोजकले जनाएको छ । विश्रान्तीमा यस प्रकारको शिवमहापुराण लगाइएको पहिलो पल्ट हो ।


