देवघाटमा चल्ने महायज्ञमा सहभागी हुन नेपाल आउँदै कथावाचिका देवी प्रतीभा

काठमाडौँ । चर्चित कथावाचिका देवी प्रतीभा फेरी नेपाल आउने भएकी छिन् । प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतीभा मकर स्नान माघ महामहोत्सकको अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि देवघाटमा आउन लागेको आयोकजले जनाएको छ ।

यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसार भर रहेका नेपालीहरुको मन जितेकी २३ वर्षीया काभ्रेली चेली प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले यस पटक पबन १० दिनका लागि देवघाटमा कथावाचन गर्नका लागि आउन लागेकी हुन् ।

मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबमा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु ज्यू, पूज्य यशोदा कौडिन्य ज्यू र पूज्य अनुराधा पाण्डेय ज्यूले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।

माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दीर देवघाट दिव्य धाम मन्दीरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

निर्माणाधिन मातापिता सेवा आश्रममा यो मसाचार तयार पार्दासम्म ५ तले ६ वटा भवनका १४१ कोठा करिब निर्माणको अन्तिम चरणमा रहेका छन् भने अन्य कोठाहरु बनाइने तयारी छ । ६ वटा भवनमा गरेर कुल ३६५ कोठा बनाउने योजना मातापिता सेवा आश्रमको रहेको छ । जहाँ देश विदेशबाट साधुसन्त तथा भक्तजनहरुको ठूलो संख्यामा उपस्थिती रहने आयोजकले जनाएको छ । माघ महिनाभर चल्ने यस दिव्यधाम शिलान्यास, ऐतिहाँसिक मकरस्नान माघेमेलालाई सफल पार्नका आयोजकले सम्पूर्ण देशबासीहरुमा अपिल गरेको छ । सडकमा अलपत्र परेका बाबु आमालार्य सहारा दिँदै आएको माता पिता सेवा आश्रम देशकै ठूलो आश्रमका रुपमा निर्माण हुन लागेको हो ।

सेवा दिने सोचका साथ हुन लागेको उक्त महामहोत्सबमा आचार्य बालकृष्णजी महाराजको पनि उपस्थिती रहने बताइएको छ । कार्यक्रमको व्यबस्थापक भने आचार्य श्रीधर बस्याल रहेका छन् । परिवारविहिन हुँदै सडकमा अलपत्र पर्ने तथा अविभिावकविहिनहरुको घाउमा मलम लगाउने उदेश्यले यो महामहोत्सको परिकल्पना गरिएको हो । ठूलो क्षेत्रफलमा फैलिएको उक्त आश्रमको निर्माणको काम आर्थिक अभावले अलपत्र पर्ने डर बढेका बेला संकल्पकर्ता इश्वरकृष्ण महाराजजीले हिम्मत गरेर माघ महिना भरी नै कथावचानदेखि विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖