आदर्श बचत तथा ऋण सहकारीको ११औं साधारण सभा सम्पन्न

धनगढी । धनगढीस्थित आदर्श बचत तथा ऋण सहकारीको ११औं साधारण सभा शनिबार सम्पन्न भएको छ।

नेपाल शिक्षक संघ कैलालीद्वारा सञ्चालित सहकारीको साधारण सभा गौरिगंगाका नगर उपप्रमुख तथा सहकारी महासंघका केन्द्रीय सञ्चालक भोजबहादुर बमको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।

समारोहलाई सम्बोधन गर्दै बमले सहकारी एक अर्काबीचको सहकार्यात्मक अवधारणा भएको बताए। सहकारीमा समुदायका व्यक्ति संगठित भई सदस्यको हित प्रवर्द्धन गर्ने कार्य गरिने र शिक्षक संघ कैलालीले पनि सोही अवधारणा अनुसार काम गरिरहेको पाउँदा खुसी लागेको बताए।
यसले शिक्षक संघका साथीहरूबीच आत्मियता बढाउने र अप्ठ्यारोमा पर्दा आर्थिक सहयोगमा टेवासमेत पुर्‍याउने विश्वास व्यक्त गरे।

नबराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पदम बहादुर खड्का, सचिव नेत्र बहादुर खडायत, शिक्षक संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष लक्ष्मणदत्त भट्ट, नेपाल ट्रेड युनियन कांग्रेसका सुदूरपश्चिम अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह, शिक्षक महासंघ कैलालीका पूर्वअध्यक्ष भीमबहादुर बलायार र शिक्षक संघ सुदूरपश्चिम प्रदेश सदस्य केशवराज ओझाले आफ्नो धारणा राखेका थिए। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।