सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै

काठमाडौं, पौष २४ । सिद्धार्थ बैंकको पुस २८ गते वार्षिक साधारण सभा बस्दैछ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यस्तै, बैंकले १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । 

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖