महालक्ष्मी कपको उपाधि गला इन्टरनेशनललाई

धनकुटा,माघ २१ गते । ग्लोवल युवा क्लबलाइ हराउदै गला इन्टरनेशनललाई वसन्त पञ्चमीको अवसरमा धनकुटाको जीतपुरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । आज धनकुटाको महालक्ष्मीमा भएको फाइनल खेलमा गलाले ग्लोवललाई ३–२ सेटले हराउदै उपाधि उचालेको हो ।

बिजेता टोलीले उपाधि सहित दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ हात पारेको छ । त्यस्तै उपबिजेता टोलिले एक लाख एक एघार हजार एक सय ११ रुपैयाँमा चित्त बुझाएको छ । श्रीपञ्चमीको अबसरमा महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा माघ १८ गतेवाट सुरु भएको सो प्रतियोगीतामा देशका बिभिन्न नौ क्लबको सहभागीता रहेको थियो आयोजक संस्थाका अध्यक्ष नरेन तुम्वाले जानकारी दिनुभयो ।

प्रतियोगिता महालक्ष्मी नगरपालिका, वडा नम्बर ७ ले जिल्ला भलिबल सङ्घ लगायत बिभिन्न संघसस्थाले सहयोग गरेका थिए । प्रतियोगीतामा पुरस्कार बितरण गर्दै महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पालिकाको मात्र नभई जिल्लाकै भलिबल तर्फको खेलकुद गतिविधि बढाउन तथा स्थानीय खेलाडीको मनोबल बढाउन प्रतियोगिता सहयोगी बनेको बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।