गायिका जेरीले योगमाया सखी बनेर कथा वाचन गर्ने महायज्ञ शुरु

काठमाडौं, २३ माघ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबार सुरु भएको छ ।

 

यद्पि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् । यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् ।

 
‘मैले संगीत क्षेत्रमा संघर्ष गरेर पहिचान पनि पाएको हुनाले पनि अहिले गर्न लागेको नयाँ काममा धेरैले चासो र चिन्ता गर्नुभएको रुपमा बुझेको छु’, उनले भनिन्, ‘यो खास कर्कमाण्ड भन्दा पनि श्रीमतभागवको अध्ययन गरेर मैले एउटा बाचिकाका रुपमा संगीतसहितको प्रवचन गर्न लागेको हो।’ उनले आफूले कुनै अनुष्ठान गर्न नलागेको उनले बताइन् । ‘किनभने सहभागी महायज्ञमा अनुष्ठानमा चाहिँ वैदिक ब्राह्मणहरू छन् । वाचन र संगीतमय कथा प्रवचनको पाटो मेरो हो,’ उनले भनिन ।

 

उनले आफ्नो विरोध गर्नेहरूले कमजोरी औँल्याइएको भन्दै त्यसलाई सुधारेर अघि बढ्ने र कार्यक्रम सफल बनाएकै छाड्ने बताइन् । 

राजधानीको नागार्जुन नगरपालिका–१ रानीवनस्थित महादेव मन्दिर परिसरमा जेरीको वाचन हुने महायज्ञ मंगलबारदेखि सुरु भएको हो । पहिलो दिन कलश यात्राका साथै औपचारिक कार्यक्रम भएको जेरीले बताइन् । कथा बाचनको संगीतमय प्रवचन बुधबारदेखि सुरु भएको जेरीले बताएकी छिन् ।  ‘यो अवधिभर वाचन मैलेमात्र गर्छु । बेलाबेला अतिथि गुरुहरु पनि आउनुहुन्छ’, उनले भनिन् । जेरीले आफूलाई कथा बाचकको रुपमा योगमाया सखीको रुपमा चिनाउन खोजेकी छन् ।  वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि महायज्ञ गरिएको आयोजकको भनाइ छ ।

श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताह माघ ३० गतेसम्म जारी रहने सांस्कृतिक संयोजक बालचन्द्र बरालले जानकारी दिए ।  महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजकको भनाइ छ ।

 

जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि आफू पहिलो पटक कथावाचनमा जुटेको उनको भनाइ छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।