राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित

न्युयोर्क, १३ फागुन । अहिले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन । 

तर,  युद्ध सुरु भएको ३ वर्ष पूरा भएको अवसरमा सोमबार संयुक्त राष्ट्र संघको महासभाले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ । जसमा युक्रेनबाट तत्काल सबै रुसी सेना फिर्ता गर्नुपर्ने, शान्तिपूर्ण समाधान र तनाव कम गर्न माग गरिएको छ । 

उक्त प्रस्तावमार्फत रुस र युक्रेनबीचको तनाव कम गर्न, जतिसक्दो चाँडो शत्रुता अन्त्य गर्न र युक्रेन विरुद्धको युद्धको शान्तिपूर्ण समाधान गर्न आह्वान गरिएको थियो । जस प्रस्तावमा १९३ सदस्य राष्ट्रहरू सम्मिलित संयुक्त राष्ट्र महासभाले युक्रेन र यसका युरोपेली सहयोगीहरूले प्रस्तुत गरे अनुसार युक्रेनमा  न्यायपूर्ण र दिगो शान्ति पछ्याउने मस्यौदा प्रस्तावमा मतदान गरिएको हो ।

उक्त प्रस्ताव पक्षमा ९३ मतले पारित भएको थियो तर यसको विपक्षमा १८ मत परेको थियो भने भारतसहित ६५ सदस्य राष्ट्रले यो मतदान प्रक्रियामा भाग नै लिएनन् । राष्ट्रसङ्घमा प्रस्ताव स्वीकृत हुने बित्तिकै संयुक्त राष्ट्र सङ्घको सभा हल तालीको गर्जनले गुञ्जिएको थियो र सदस्य राष्ट्रहरूले प्रस्तावलाई स्वीकृत गरेकोमा स्वागत गरेका थिए ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी युद्ध युरोपको शान्ति र सुरक्षाका लागि मात्र नभई संयुक्त राष्ट्र संघको आधारशिला र यसका मूल सिद्धान्तका लागि पनि गम्भिर खतरा भएको जनाएका छन । रूस– युक्रेन युद्धको तेस्रो वर्ष पूरा भएपछि यो प्रस्ताव आएको हो।

उता, अमेरिकी मस्यौदा प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रसंघका लागि राजदूत डोरोथी शिले यूएनजीएका धेरै प्रस्तावहरूले रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न माग गरेको छ तर ती प्रस्तावहरूले युद्ध रोक्न असफल भएका छन्। तर पनि उनले भने, ‘यो युद्ध अहिले निकै लामो समयसम्म तानिएको छ । युद्धका कारण युक्रेन, रुस र त्यसभन्दा बाहिरका जनताले ठूलो मूल्य चुकाउनु परेको छ, अब यो रोकिनु पर्छ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।