४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की

काठमाडौैं, १४ फागुन । भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ ।

भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन अहिलेसम्म ५५ लाख मानिसले स्नान गरका छन् । संसारको कुनै पनि स्थानमा यति धेरै संख्यामा मानिसहरूले स्नान गरेका छैनन् । ६५ करोडभन्दा बढी श्रद्धालुले सनातन आस्थाको डुबकी लगाएर धार्मिक र सांस्कृतिक एकताको अद्वितीय सन्देश दिएका छन् ।

अमेरिकाको जनसंख्याभन्दा दुईगुणा, पाकिस्तानको जनसंख्याको अढाई गुना र रूसको जनसंख्याको चार गुणाभन्दा बढी श्रद्धालुले डुबुल्की लगाएका छन् । 

विभिन्न ७३ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले महाकुम्भमा स्नान गरेको बताइन्छ । नेपालका ५० लाखभन्दा बढी मानिसले स्नान गरेका छन् । इटाली, फ्रान्स, बेलायत, पोर्चुगल, अमेरिका, इजराइल, इरान, मोरिससलगायतका देशका नागरिक महाकुम्भ मेलामा पुगेका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।