कुलमान पुगे सर्वोच्च अदालत

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन्।

आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित उनले बुधबार सर्वोच्चमा अदालतमा रिट दर्ता गराएका छन्।

घिसिङले आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय बदर गर्न माग गरेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो। 

केपी शर्मा ओली नेतृत्वको सरकारले बदनियत राखेर आफूमाथि पटक-पटक स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको उनले निवेदनमा दाबी गरेका छन्। 

कुलमानलाई बर्खास्त गरेर सरकारले हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्त गरेको थियो। शाक्यले आफ्नो पदभार ग्रहण गरिसकेका छन्।

कुलमानलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै विपक्षी पार्टी माओवादीसहितले प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन्। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।