वडाध्यक्षले अर्काकी श्रीमती सँग बर्थडे मनाएको भिडियो भाइरल भएपछि छोरी समेत लिएर फरार !
तेह्रथुम । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरुषोतम तिम्सिनाले सोही वडा निवासी शेर वहादुर कार्कीको श्रीमती देबका कार्की (बस्नेत) र उनकी ७ वर्षिय छोरी समेत लिएर फरार भएका छन ।
हिजो चैत्र १२ गते म्याङलुङको एक होटलमा गएर देवकाको केक काटी जन्मदिन मनाइ दिएका थिए तिम्सिनाले ।
जन्मदिन मनाएको भिडियो समेत खिचेर बेलुका इशिबु नै फर्की आफ्नै फेसबुक स्टोरीमा पोष्ट गरी भाइरल बने ।
फेसबुक प्रयोगकर्ता तथा स्थानीयको कडा आलोचना आउँन थालेपछि बिहानै देबका र उनकी ७ वर्षीय छोरी समेत लिएर सम्पर्क विहिन भइ फरार अवस्थामा छन वडाध्यक्ष ।
पारिवारिक श्रोतका अनुसार देवकाका श्रीमान शेर बहादुर कार्की विगत ३ वर्ष देखि मलेसियामा छन । यता बतासे घरमा देवका र उनकी छोरी मात्रै बस्तै आइरहेका थिए ।
वडाबासीहरू अहिले वडाध्यक्षको हर्कतको विरोध गर्दै पन्चमीमा रहेको वडा कार्यालय तालाबन्दि गर्ने तयारीमा रहेको स्थानीयले बताएका छन ।


