मिक्लाजुङ रमितेमा बेपत्ता भएकी छात्रा मृत भेटिइन्, गाउँ शोकमा
मिक्लाजुङ ।मिक्लाजुङ गाउँपालिका–१ रमितेबाट चिठी लेखेर हराएकी कोपिला राई मृत अवस्थामा फेला परेकी छिन्।
बुधबार दिउँसो १२ बजे, आफ्नै घरबाट करिब २५० मिटर पर सिन्काउलीको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको टाडी माविका प्रधानाध्यापक अमृत कुमार राईले जानकारी दिएका छन्। कक्षा ९ मा अध्ययनरत कोपिलाको निधनले गाउँ शोकमग्न भएको छ।
विद्यालयका प्रधानाध्यापक राईका अनुसार यो घटनाले विद्यालयस्तरमा मनोपरामर्श (काउन्सेलिङ) शिक्षकको आवश्यकता टड्कारो रूपमा देखिएको छ। विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक विद्यालयमा मनोपरामर्श सेवाको व्यवस्था गर्नुपर्ने विषय अहिले थप आवस्यकता बनेको उनले बताएका छन्।


