पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन प्रेस चौतारी नेपालको माग

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ ।

प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल नियन्त्रण गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

‘जनताको बलिदानी, कष्टसाध्य संघर्ष र त्यागबाट प्राप्त नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्दै भइरहेका यस्ता अराजक गतिविधिलाई तत्काल निस्तेज गर्न प्रेस चौतारी नेपाल सरकारसँग जोडदार माग गर्दछ, साथै संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउन तथा निर्बाध रूपमा समाचार सङ्कलन, सम्प्रेषण, प्रकाशन र प्रसारणमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरूलाई हामी अपिल पनि गर्दछौँ’, संगठनका महासचिव हीरामान लामाले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार सङ्कलनमा रहेका सञ्चारकर्मीको ज्यान गुमेको र सञ्चारकर्मी, सञ्चारमाध्यममाथि भएको आक्रमणको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको विज्ञप्तिमा जनाइएको छ ।

‘काठमाडौंको तीनकुनेमा आज प्रदर्शनकारीले हिंसात्मक ढङ्गले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायाङ्कन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ, यसै गरी, प्रदर्शनकारीले अन्नपूर्ण पोष्ट दैनिकमा आगजनीको प्रयास गर्नुका साथै कान्तिपुर टेलिभिजनमा ढुङ्गा मुढा प्रहार र हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन्’, विज्ञप्तिमा लेखिएको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भए पनि आन्दोलनको बहानामा भएका यस्ता अराजक एवं आपत्तिजनक गतिविधिको सिकार सञ्चारकर्मी र सञ्चारमाध्यम हुनु गम्भीर चिन्ताको विषय भएको संगठनले जनाएको छ । घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न प्रेस चौतारी नेपालले माग गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।