इटहरीमा पहिचान नखुलेको एक पुरुष मृत फेला
इटहरी । इटहरीमा पहिचान नखुलेको एक पुरुष मृत फेला परेका छन् ।
हिजो राती करिब ८:३० बजे इटहरीको टेङ्ग्रा खोलाको २ फिट गहिरो पानीमा घोप्टो अवस्थामा उक्त पुरुषको शव फेला परेको हो ।
तत्काल नामथर वतन नखुलेको उक्त पुरुष मृत अवस्थामा फेला पारी वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ छ ।


