इलाममा आगलागी, एक घर जलेर नष्ट
इलाम । इलामको रोङ-३ चिण्डेपानी स्थित तिल बिक्रम खवासको घरमा गएराती करिब १० बजे आगलागी हुँदा किराना पसल सहित नगद, भाँडाकुडा, काठ काठ्ने चेन्सो मेशिन, महत्वपूर्ण कागजात लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान छ ।
आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।


