क्यान्सरसँग लडिरहेका महामन्त्री राणा अब पाँच दिन हिरासतमा

काठमाडौं – राप्रपा महामन्त्री धवलशमशेर राणा अस्वस्थ भए पनि अदालतले उनलाई थुनामा राख्न अनुमति दिएको छ। महामन्त्री राणा विगत केही महिनादेखि क्यान्सर रोगसँग लडिरहेका छन्।

राणासहित ४१ जनालाई आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

राणा मुखको क्यान्सरसँग लडिरहेका छन्। राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराख्न राप्रपा नेताहरू तथा राणाका आफन्तले प्रहरीलाई आग्रह गरेका थिए।

राणा राम्रोसँग खाना खानसमेत सक्दैनन्। उनी मुखको एकपट्टीबाट हल्का मात्रै चपाउन सक्छन्। उनी सामान्य तरिकाले बनाइएको खाना मात्रै निल्न सक्छन्।

‘साह्रो खाना उहाँ खान सक्नुहुन्न, उहाँले हल्का खाना मात्रै चपाएर निल्न सक्नुहुन्छ,’ उनका एक आफन्तले भने। 

ती आफन्त आइतबार राणाको अवस्थाबारे अवगत गराउन जिल्ला प्रहरी परिसर काठमाडौं गएका थिए। ती आफन्तले राणाको स्वास्थ्य अवस्थाको ख्याल गरिदिन अनुरोध गरेका थिए। 

हिरासतमा सबैलाई समान व्यवहार गरिने तर कसुर अनुसार कानुनी कारबाहीमा प्रहरी नचुक्ने प्रहरी अधिकृतले आफन्तलाई बताएका थिए।
राणा शुक्रबार भएको राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा तीनकुने पुगेका थिए। राजावादीको आन्दोलन हिंसात्मक भएको भन्दै सोही दिन बेलुका उनलाई पक्राउ गरिएको थियो।

उनीसँगै राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पक्राउ गरिएको थियो।
‘हिरासत कक्षमा हामीले कुनै भेदभाव गरेका छैनौं, उहाँहरूलाई कुनै पनि सुविधाबाट बञ्चित गरिएको छैन,’ एक प्रहरी अधिकृतले भने। आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईं फरार छन्। उनलाई पक्राउ गर्न नेपालका सबै प्रहरी युनिट परिचालित छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४१ जनालाई विभिन्न मुद्दामा अनुसन्धानका लागि पेश गरिएकोमा जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न आइतबार साँझ अनुमति दिएको हो।

मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुरमा थुनामा राख्न अनुमति मागिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

प्रहरीले आइतबार ४१ जनाविरूद्ध विभिन्न कसुरमा मुद्दा अगाडि बढाउन अदालतमा अनुमति मागेको थियो।

यसमा राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धानका लागि थुनामा राख्न माग गरिएको छ।

त्यसैगरी,  ४१ जनालाई नै आपराधिक उपध्रव र संगठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता बोहराले बताए।
बोहराका अनुसार अहिले ४१ जनालाई राज्यविरूद्धको कसुर, आपराधिध उपध्रव र संगठित अपराधमा अनुसन्धान थालिएको छ।

शुक्रबार नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं, राजसंस्था पुन:स्थापनाका लागि जनआन्दोलन समितिले तीनकुनेमा सभा गर्दा घटना घटेको थियो।

शुक्रबार तीनकुनेमा राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजत र राप्रपाका कार्यकर्ता सविन महर्जनको मृत्यु भएको थियो।  

सवारीसाधन, निजी तथा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएपछि सरकार आक्रामक भएको हो।
यसक्रममा प्रहरीले सयबढी व्यक्ति तथा राजनीतिक दलका नेतासमेतलाई पक्राउ गरेको छ। रजक एभिन्यूज टिभीका क्यामरा पर्सन थिए। तीनकुनेको घरमा आगजनी हुँदा उनको जलेर मृत्यु भएको थियो। 

महर्जनमाथि भने प्रहरीले गोली प्रहार गरेको थियो। गोली प्रहारपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको थियो।

प्रसाईं अहिले फरार छन्। फरारबाहेक अन्यलाई विभिन्न मुद्दामा अनुसन्धान गर्न अदालतमा पेश गरिएको बोहराले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।