विराटनगर महानगरद्वारा महावीर पुन सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ ।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अविर र महानगरको लोगो लगाइदिएर सम्मान गर्नुभयो ।

कार्यक्रममा मेयर कोइरालाले पुनले सञ्चालन गरेको अभियानमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरले बोलाएर सम्मान गरेकोमा धन्यवाद दिँदै पुनले आफू नबोलाएको ठाउँमा कहिल्यै नजाने उल्लेख गर्नुभयो । पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ संकलन भइसकेको उहाँको भनाइ थियो । जसरी पनि कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने पुनले उद्घोषसमेत गर्नुभयो ।

राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरु उत्पादन गर्ने उनले जानकारी दिनुभयो । कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिनेछ । कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत ढुंगेल, वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख, कर्मचारीहरुले व्यक्तिगत रुपमा पुस्तक खरिद गर्नुभएको थियो । त्यस्तै महानगरले संस्थागत रुपमा २ लाख रुपैयाँ बराबरको पुस्तक खरिद गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।