विनाशकारी भूकम्प गएको पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषवाट जिउँदै निकालियो

म्यानमार, २१ चैत । भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ । 

 

गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको सूचना टोलीले जनाएको छ । म्यानमारको

फायर सर्भिस डिपार्टमेन्ट र टर्कीका उद्धार टोलीले एक जनाको सकुशल उद्धार गरेका छन् ।

 

सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ः०० बजे सुरु भएको उद्दार पक्रिया १२ घन्टा पछि  बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्दार प्रयास पछि ५ दिन पछि जीवितै उद्दार गरिएको हो ।

 

समाचार एजेन्सी सिन्ह्वाका अनुसार फसेका बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖