ट्रम्पद्दारा १०० देश माथी पारस्पारिक करकाे आदेश, अटो मोबाइलमा २५ प्रतिशत

 काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीनलगायत धेरै देशमा पारस्परिक कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पको यो ट्यारिफलाई  ‘डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफ’ नाम दिइएको छ । र, ह्वाइट हाउसले ‘डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफ’ लगाएका करिब १०० देशको सूची सार्वजनिक गरेको छ ।

यसअन्तर्गत अमेरिकामा लगाइएको कर ती देशहरूले अमेरिकामा लगाएको करको आधा वा झण्डै बराबर हुन्छ। तर, यस सूचीमा अमेरिकामा लगाएको जस्तै कर लगाउने देश पनि छन् । यसबाहेक १० प्रतिशत आधारभूत महसुल पनि लगाइएको छ । 

करको घोषणा गर्दै अमेरिकी राष्ट्रपतिले भने, ‘आज त्यो मुक्ति दिवस हो, जसको लागि अमेरिका लामो समयदेखि पर्खिरहेको थियो, आजको दिन अमेरिकी उद्योगको पुनर्जन्म र अमेरिका फेरि समृद्ध हुँदै गएको दिनलाई सम्झिनेछ ।’

ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकाको फाइदा विदेशीले उठाएको र ‘लुट’ गरेको बताए । उनले भने, ‘५० वर्षभन्दा बढी समयदेखि हाम्रा करदाता ठगिएका छन्, तर अब त्यस्तो हुने छैन ।’ डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमार्फत यो कर लागू गरेका हुन्। 

अमेरिकी समय अनुसार आज राति १२ः०१ बजेबाट लागू हुने गरी विदेशमा उत्पादन हुने सबै अटोमोबाइलमा २५ प्रतिशतको महसुल लगाइएको छ । यस बाहेक अमेरिकी समय अनुसार अप्रिल ५ मा बिहान १२ बजेदेखि सबै देशमा १० प्रतिशतको आधारभूत महशुल लागू हुनेछ । जबकि १० प्रतिशतभन्दा बढी भन्सार शुल्क अमेरिकी समय अनुसार अप्रिल ९ गते बिहान १२ बजेदेखि लागू हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।