चैत १५ को घटनाः कानुन समितिले पनि बोलायो गृह मन्त्रीलाई

काठमाडौं, चैत २१ गते । कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री रमेश लेखकलाई बोलाउने भएको छ।

 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रुपमा सर्वसम्मतिले पारित गरेलगत्तै गृह मन्त्री लेखकलाई बोलाउने निर्णय गरेको हो ।

 

गत चैत १५ गते राजावादी प्रदर्शनमा भएको हिसात्मक झडपको बिषयमा जानकारी लिन गृह मन्त्री लेखकलाई बोलाउने निर्णय भएको सभापति बिमला सुबेदीले जानकारी दिएकी छिन् ।

 

समितिको आगामी बैठकमा उक्त घटनाबारे थप छलफल हुनेछ । गृह मन्त्री लेखकलाइ बाेलाउने बैठककाे मिति भने तय गरिएकाे छैन ।

यसअघि राज्य ब्यवस्था समितिले पनि गृह मन्त्री लेखकलाई बोलाएको थियो । भोली उक्त बैठकमा गृह मन्त्रीलाई निमन्त्रणा गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।