सहकारीलाई व्यवस्थित बनाउँदै विराटनगर महानगर

विराटनगर । विराटनगरभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आमसर्वसाधारणलाई सचेतनामूलक कार्यक्रमका साथै सहकारी सञ्चालकहरुलाई विभिन्न तालिमसमेत दिँदै आएको छ ।

महानगरले बिहीबार सहकारीका अध्यक्ष र व्यवस्थापकहरुलाई बोलाएर अन्तरक्रिया गरेको छ । दोस्रो चौमासिकका रुपमा आयोजित कार्यक्रममा सहकारीमा देखिएका समस्या, समाधनका उपायका विषयमा छलफल भएको थियो । सो कार्यक्रममा महानगरको सहकारी शाखाकी कर्मचारी रोजी कार्कीले सहकारीमा अभिलेख व्यवस्थापन, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवि तिम्सिनाले सहकारीमा बचत र ऋणको व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा वडा नम्बर १९ अध्यक्षसमेत रहेका महानगरको आर्थिक विकास समितिका संयोजकसमेत रहेका श्याम घिमिरे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, जिल्ला सहकारी संघ लिमिटेड मोरङका कोषाध्यक्ष अमृतबहादुर गुरुङ, जिल्ला सहकारी संघका सल्लाहकार वीरेन्द्र यादवलगायतले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बद्नाम भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा ५८ वटा सहकारीबाट २–२ दरले १ सय १६ जना सहभागी भएको सहकारी शाखाकी प्रमुख चाँदनी राईले जानकारी दिइन् । उनका अनुसार विराटनगरमा १ सय ७२ वटा सहकारी महानगरमा दर्ता भई सञ्चालनमा छन् । यसअघि महानगरले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशालासमेत आयोजना गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।