जेलेन्स्कीको गृह नगरमा बर्षकै सबैभन्दा ठुलो रूसी हमला, १८ को मृत्यु

किभ, २३ चैत । मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ ।

 

सो आक्रमणमा परी ९ बालबालिका सहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

 

यसलाई यस वर्षको मस्कोको सबैभन्दा घातक हमलामध्ये एक भनिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा शुक्रबारको आक्रमण भएको हो ।

 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि जोड दिइरहेका बेला मस्कोवाट यो घातक हमला भएको हो । 

 

स्थानियका अनुसार सो हमला पछि आवासीय घरहरूमा क्षति पुर्‍याएको र भयंकर आगो लागेको निप्रोपेट्रोव्स्कका गभर्नर सेर्ही लिसाकले टेलिग्राम सन्देशमार्फत जानकारी दिएका हुन् । उनका अनुसार  मृतक र घाइतेहरू फुटपाथमा लडिरहेका देख्न सकिन्छ।

युक्रेनी मिडियाका अनुसार सो आक्रमणमा परी कम्तिमा ५० जना घाइते भएका छन् । आपतकालीन सेवाहरूले भनेका छन, ‘यो संख्या बढ्दै गएको छ। ३ महिनाको बच्चा सहित ३० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ ।’

 

रुसी सेनाले ब्यालेस्टिक मिसाइल प्रयोग गरेको मानव अधिकारवादी ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।