रबि लामिछानेलाई लगियाे रुपन्देही

काठमाडौं, २३ चैत । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएकाे छ । 

 

उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल लगिएको थियाे । उन पहिलाे फ्लाइटबाटै रूपन्देही लगिएकाे हाे ।

 

हिजो रातभर जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई शनिवार बिहानै बिमानस्थल लगिएको हो ।

 

उच्च अदालत, बुटबलका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिए पछि पुनः पक्राउकाे अादेश दिइएकाे थियाे ।

 

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गए पनि अन्ततः फेरी थुनामा गएका हुन् । 

 

सो सहकारीको ठगीमा आफु संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधारण तारेखको माग गरेर उच्च गएका थिए, तर परिणाम उल्टाे भयाे । 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।