बिदाले सोमवारसम्म रबि प्रहरी हिरासतमै, कारागारमा भने रबी र छबीसँगै हुने

 भैरहवा, २३ चैत । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सोमवारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन् ।

 

प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमवारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् । 

 

‘दुइ दिन सार्बजनिक बिदा भएकाले सोमवारसम्म उहाँ प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बितिक्कै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौं ।’ उनले भने ।

सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । 

 

सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।