सांसद अञ्जना शाक्य आईपियो दिगो बिकास स्थायी समितिमा बिजयी

काठमाडौं, २४ चैत । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा विजयी भएकी छिन्।

नेकपा एमालेकी परराष्ट्र मामिला बिभागकी सचिवसमेत रहनुभएकी राष्ट्रिय सभा सदस्य शाक्य एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै आईपीयुको दिगो विकास स्थायी समितिमा बिजयी भएकी हुन्।
 उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा शाक्य नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी थिईन् ।

सम्मेलनमा नेपालकी शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुवै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन्। सो सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्वेकिस्तानमा सहभागी भइरहेको छ ।
 
सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए।
 
‘सभामुखज्युले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो,’ बिजयी बनेपछि एमाले नेतृसमेत रहनुभएका सांसद शाक्यले भनिन, ‘मैले पनि व्यक्तिगत रुपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो ।’
 
सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तानको राजधानी तास्केन्ट पुगेको हो ।

सो प्रतिनिधिमण्डलमा सहभागी सांसद शाक्यले सम्मेलनमा दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी हुन्। 

नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो । शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको भन्दै खुसी ब्यक्त गरे ।
‘सभामुखज्युले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो,’ बिजयी बनेपछि एमाले नेतृसमेत रहनुभएका सांसद शाक्यले भनिन, ‘मैले पनि व्यक्तिगत रुपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो ।’

इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत रहनुभएकी सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजकसमेत हुन् ।
 
उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।