राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा, २६ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्। 

सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरे ।
 
“हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ । मधेसका समस्याहरु मलाई बढी थाहा छ । तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु ।”

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने बताए। 
 
“तपाईँहरु ढुक्क हुनुस् । राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।”, उनले भने, “यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छुु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरु अब थाके । यो मजबुद सरकार हो ।”
 
अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताए। 

कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाइ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यहरुसहित तथा अन्य पार्टीबाट समेत गरी करिव पाँच सय जनालाई अध्यक्ष ओलीले प्रवेश गराए । 

उद्घाटनसत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य दिए। 

अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको शहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गरेका थिए भने  प्रधानमन्त्री ओलीले सूर्यनारयण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।