नाइट क्लबको छानो खस्दा मृत्यु हुने ७९ पुगे

काठमाडौं, २७ चैत । डोमिनिकन रिपब्लिकमा मंगलबार राति भएको भयानक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।
 
राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबको छाना अचानक भत्किँदा ७९ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।
 
दुर्घटना हुँदा क्लबमा ५ सयदेखि १ हजार मानिस उपस्थित रहेका थिए । छत खस्ने बित्तिकै त्यहाँ अराजकता मच्चियो र धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन्, जसको खोजी कार्य अझै जारी रहेको छ । उद्धार कार्य जारी छ र घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। राहत टोलीहरू अविरल भग्नावशेष हटाउन र फसेका मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्।
 
आपतकालीन अपरेसन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले भग्नावशेषमुनि अझै पनि धेरै मानिस जीवितै रहेको विश्वास गरेको बताएका छन् । उनले भने, ‘हामी सबैलाई सकुशल बाहिर नआएसम्म प्रयास जारी राख्नेछौं ।’ मेन्डेजले अहिलेसम्म ७९ जनाको मृत्यु भएको पुष्टि भएको बताए । 
 
मारिनेमा मोन्टेक्रिस्टीका गभर्नर नेल्सी क्रुज पनि रहेको अधिकारीहरूले बताएका छन् । यसबाहेक पूर्व मेजर लिग बेसबल खेलाडी अक्टाभियो डोटेलको दुर्घटनामा मृत्यु भएको छ । चर्चित गायक रुबी पेरेज नाइट क्लबमा कार्यक्रम गर्दै गर्दा दुर्घटना भएको हो । सोमबार र मंगलबार राति १२ बजेतिर कन्सर्ट सुरु भएको र करिब एक घण्टापछि नाइट क्लबको छाना खसेको उनीहरुका प्रबन्धक एनरिके पाउलिनोले बताए ।

यस दुर्घटनामा गायिका रुबी पेरेजको पनि मृत्यु भएको छ ।  प्रबन्धक पाउलिनोले भने, ‘यो सबै अचानक भयो। सुरुमा भूकम्प गएजस्तो लाग्थ्यो। मैले कुनै किसिमले एउटा कुनामा गएर ज्यान जोगाएँ।’ दुर्घटनापछि पाउलिनोको शर्ट रगतले लतपतिएको थियो । डोमिनिकन रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडरले नाइट क्लब घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।