अमेरिकाले भारत पठायो मुम्बई हमलाको मास्टर माइन्ड तहुब्बर राणालाई

नयाँदिल्ली, २८ चैत । सन् २००८ को मुम्बई आतंकवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याइदैँ छ ।
 
रिपोर्टका अनुसार अनुसन्धान एजेन्सी एनआइए र गुप्तचर एजेन्सी रअको संयुक्त टोली तहव्वुरलाई लिएर विशेष उडानमा प्रस्थान गरिसकेको छ। उनी आजै 
अपरान्ह भारत आइ पुग्नेछन् । एनआईएले उनलाई आगामी केही सातासम्म आफ्नो हिरासतमा राख्नेछ।
 
तहव्वुरले भारत नआउन अमेरिकी सर्वोच्च अदालतमा निवेदनसमेत दिएका थिए, जुन खारेज भएको थियो । आफ्नो निवेदनमा उनले आफूलाई पार्किन्सन्स रोगबाट पीडित भएको उल्लेख गर्दै भारत पठाएमा आफूलाई यातना दिन सक्ने भन्दै अमेरिकामा नै रहने जिकिर गरेका थिए । तर, अमेरिकी अदालतले त्यसलाइ अस्विकार गरिदियो ।
 
तहव्वुर राणालाई एफबीआईले सन २००९ मा नैगिरफ्तार गरेको थियो। राणालाई लश्कर ए तैयबालाई समर्थन गरेकोमा अमेरिकामा दोषी ठहर गरिएको थियो। हालसम्म उनी लस एन्जलसको डिटेन्सन सेन्टरमा राखिएका थिए ।

खासमा २६ नोभेम्बर २००८ मा आतंकवादी संगठन लश्कर ए तैयबाका १० आतंकवादीले मुम्बईमा हमला गरेका थिए। यी आक्रमणहरू चार दिनसम्म जारी रह्यो। यी हमलाहरूमा ९ आक्रमणकारीसहित कुल १७५ व्यक्तिको मृत्यु भएको थियो र ३०० भन्दा बढी व्यक्ति घाइते भएका थिए।
 
मुम्बई हमलाको ४०५ पृष्ठको चार्जशीटमा राणाको नाम आरोपीको रूपमा उल्लेख गरिएको छ। जसका अनुसार राणा आईएसआई र लश्कर–ए–तैयबाका सदस्य हुन् भन्ने पनि खुलाइएको छ । राणाले आक्रमणका मुख्य अभियुक्त डेभिड कोलम्यान हेडलीलाई सहयोग गर्दै आएको पत्ता लागेको थियो । राणाले नै हेडलीलाई मुम्बईमा फर्स्ट वर्ल्ड नामको कार्यालय खोल्न मद्दत गरेका थिए । उनले आफ्नो आतंकवादी गतिविधि लुकाउन यो कार्यालय खोलेका थिए ।
 
हेडलीले अध्यागमन परामर्श र लश्कर ए तैयबाका आतंककारीहरूले आक्रमण गर्न सक्ने ठाउँहरू खोज्दै भारतभर घुमेका थिए । उनले मुम्बईको छत्रपति शिवाजी टर्मिनल र ताज होटलको रेकी गरेका थिए। पछि यहाँ आक्रमण पनि भयो ।

अमेरिकी सरकारले भनेको छ, ‘राणाले एक व्यक्तिलाई हेडलीका लागि मुम्बईमा फर्स्ट वर्ल्ड अफिस खोल्ने झुटो कथाको सत्यता देखाउने कागजपत्र तयार गर्न आदेश दिएको हेडलीले बताएको छ । राणाले हेडलीलाई भारत भ्रमणका लागि भिसा कसरी लिने भनेर सल्लाह दिएका थिए। यी सबै कुरा इमेल र अन्य कागजातहरूले प्रमाणित गरेका छन्।’
 
यसैबीच, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले राणालाई भारत ल्याउन गृह मन्त्रालयमा बैठक गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।