नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

काठमाडौं, २८ चैत । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । 

 

स्थानिय समयअनुसार गत मंगलबार  राति अबेर राति क्लबको छाना खसेको हो ।

 

देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए । भग्नावशेषबाट शव मात्रै निस्किरहेका छन् ।

 

तर, हामी कसैलाई पनि भग्नावशेषमुनि रहन दिने छैनौँ र कामलाई निरन्तरता दिनेछौँ । दुर्घटनामा सयौं घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुर्घटनामा परी हालसम्म १ सय ५५ जनालाई भग्नावशेषबाट जिउँदै निकालिएको छ । दुर्घटना हुँदा क्लबमा कति जना थिए भन्नेबारे प्रशासनले अझै स्पष्ट पार्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार क्लबमा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।