पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटो फिचर)

काठमाडौं, ३१ चैत।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको अन्तिम बिदाइ गरिएको छ ।

 

राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

राणाको आज बिहान १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।

 

उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमसेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत छन्।

 

उनले एक शोक सभाका बिचमा पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका हुन् । उनको अन्तिम बिदाइमा गृह मन्त्री रमेश लेखक तथा प्रहरी महानिरिक्षक दिपक थापालगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।