धनकुटामा तेस्रो कोप्चे उत्सव सूरु
धनकुटा,३१ चैत । नयाँ बर्ष २०८२ को अवसर पारेर धनकुटामा आइतबार वाट तेस्रो कोप्चे उत्सव सुरु भएको छ ।
धनकुटा नगरपालिका–५ स्थित बिहीबारे हटियामा उत्सव सुरु भएको हो । कोप्चे पुनर्जागरण अभियानले तीन दिने उत्सवको आयोजना गरेको हो । ३ दशक अघि सम्म धनकुटा मात्र नभए र कोशी पहाडी जिल्लाको व्यापारीक केन्द्र रहेको कोप्चे सडक संजाल विस्तार संगै ओझेलमा रहेको र त्यसको पुन जागरण गर्न कोप्चे उत्सव आयोजना गरिएको आयोजक संस्थाका सचिव उज्वल कर्मचार्यले जानकारी दिए ।
कोप्चे क्षेत्र पछिल्लो समय सुनसान बन्दै गए पछि दुइ वर्ष अघि बाट पुरानै चहलपहल फर्काउन भन्दै नयाँ वर्षको अवसरमा कोप्चे उत्सव सुरु गरिएको कर्मचार्यले बताए । उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिवारसहितका २० वटा स्टल रहने छन् ।
त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत र धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी देखाइने आयोजकले जनाएको छ




