तमोर करिडोर अन्तर्गतको मूलघाट–गणेशचोक सडकको ६२ प्रतिशत काम सम्पन्न

धनकुटा,२ बैशाख । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो द्रुत मार्गका रुपमा निर्माण भइ रहेकोे तमोर करिडोर अन्तर्गत मूलघाट–गणेशचोक सडककोे ६२ प्रतिशत काम सम्पन्न भएको छ ।

चतरा देखि सुभाङखोला सम्मको १ सय ५६ किलोमिटर सडक मध्ये धनकुटाको मूलघाट देखि पाँचथरको गणेशचोक सम्मको १ सय १२ किलोमिटर सडकको ६२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको हो ।

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथर सम्मको १ सय ५५ किलोमिटर मध्ये १ सय १२ किलोमिटर सडक कालोपत्रेका लागि वि.स २०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा वि.स २०८२ कात्तिक सम्ममा निर्माण सम्पन्न गर्ने गरि मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले २ अर्ब ७२ करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीले १ अर्ब ४३ करोडमा ठेक्का सम्झैता भएको थियो ।

दुई प्याकेजमा रहेको ठेक्का सम्झौता अनुसार काम भए पनि निर्माण कम्पनी लाई काम गरेको रकम झुतmानी गर्न नसक्दा निर्माण कार्य सोचे अनुसार अगाडी बढ्न नसकेको तमोर करिडोर, चतरा–मुलघाट–सुभाङखोला सडक आयोजनाका प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिनु भयो ।

ग्रावेल गर्ने, वेस हाल्ने र पिच गर्ने बाहेका अन्य काम करिब सम्पन्न हुन लागेको भए पनि सम्झौता अनुसार रकम भुक्तानी दिन नसक्दा निर्माण कम्पनीले समेत काम लाई दु्रत गति दिन नसकेको तथा आफूहरुले समेत काम छिटो सक्ने गरि लगाउन नसकिरहेको प्रमुख निरौलाको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖