तेस्रो कोप्चे उत्सव सम्पन्न

धनकुटा, २ बैशाख । नयाँ बर्ष २०८२ को अवसर पारेर धनकुटामा आइतबारवाट सूरु भएको तेस्रो कोप्चे उत्सव सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका–५ स्थित बिहीबारे हटियामा चैत ३१ गते बाट सूरु भएको उत्सव मंगलबाट सम्पन्न भएको हो । कोप्चे पुनर्जागरण अभियानले तीन दिने उत्सवको आयोजना गरेको थियो ।

३ दशक अघि सम्म धनकुटा मात्र नभए र कोशी पहाडी जिल्लाको व्यापारीक केन्द्र रहेको कोप्चे सडक संजाल विस्तार संगै ओझेलमा रहेको र त्यसको पुन जागरण गर्न कोप्चे उत्सव आयोजना गरिएको आयोजक संस्थाका सचिव उज्वल कर्मचार्यले बताए ।

कोप्चे कुनै समयको धनकुटा मात्र नभए र तेह्रथुम, भोजपुर, संखुवासभा लगायत जिल्लाको मुख्य व्यापारिक केन्द्र थियो तर पछिल्लो समय सुनसान बन्दै गए पछि यस लाई नविन शैलीमा प्रचार प्रसार गर्न र पर्यटकीय क्षेत्र तथा पुरानो व्यापारिक अध्यानको क्षेत्रको रुपमा विकास गर्न पछिल्लो दुइ वर्ष अघि बाट नयाँ वर्षको अवसरमा कोप्चे उत्सव सुरु गरिएको कर्मचार्यले बताए ।

उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खानाका परिकार, मौलिक तथा पुराना सामग्रीको प्रदर्शनी समेत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।