चीनले लगायो बोइङ जेटवाट डेलिभरी र समान खरिदमा प्रतिबन्ध

बेइजिङ, ३ बैशाख । चीनले आफ्ना एयरलाइन्स कम्पनीहरूलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट नयाँ विमानको डेलिभरी नगर्न निर्देशन दिएको छ। 

 

ब्लूमबर्गको रिपोर्टका अनुसार बेइजिङले अमेरिकामा बनेका विमानका पार्टपुर्जा र उपकरणको खरिद रोक्न पनि आदेश दिएको छ। अमेरिकाको १४५ प्रतिशत ट्यारिफको जवाफमा चीनले यो आदेश जारी गरेको हो । 

 

बोइङ एयरप्लेन एक अमेरिकी कम्पनी हो, जसले हवाइजहाज, रकेट, स्याटेलाइट, दूरसञ्चार उपकरण र मिसाइलहरू निर्माण गर्दछ। कम्पनी विलियम बोइङ द्वारा १५ जुलाई १९१६ मा स्थापित भएको थियो।

धेरै देशका एयरलाइन्स कम्पनीहरूले बोइङले बनाएका विमानहरू प्रयोग गर्छन्। बोइङ अमेरिकाको सबैभन्दा ठूलो निर्यातक हो र विश्वको तेस्रो ठूलो रक्षा सम्झौता निर्माता पनि हो।

अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले ७ बहुमूल्य धातु (रेयर अर्थ सामग्री) निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । चीनले चिनियाँ बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र क्षेप्यास्त्रहरू सम्मिलित गर्न आवश्यक म्याग्नेटको ढुवानी पनि रोकेको छ।

 

यी सामग्रीहरू अटोमोबाइल, सेमी कन्डक्टर र एयर स्पेस व्यवसायहरूको लागि धेरै महत्त्वपूर्ण छन्। यो निर्णयले विश्वभरका मोटर वाहन, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ। यी निकै महँगो पनि हुनेछन्।  अप्रिल ४ मा चीनले यी ७ बहुमूल्य धातुको निर्यातमा प्रतिबन्ध लगाउन आदेश जारी गरेको थियो । 

 

अब यो आदेश अनुसार यी बहुमूल्य धातुहरू र तिनीहरूबाट बनाइएका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र चीन बाहिर पठाउन सकिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।