कैटी पेरी बनिन अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका

न्युयोर्क, ३ बैशाख । चर्चित पप गायिका कैटी पेरी आजकल धेरै नै हेडलाइन बनि रहेकी छिन्, तर उनको यो चर्चा परिचर्चा पहिला झै कुनै गीतको लागि भने होइन । यो चर्चा परिचर्चा उनको अन्तरिक्ष यात्राको कारण हो ।

पप स्टार कैटी पेरीले आफ्नो सबै महिला टोलीसँग अन्तरिक्ष यात्रा गरेकी छिन र त्यसो गर्ने पहिलो गायिका बनिन्। उनको क्याप्सुल सुरक्षित रूपमा पृथ्वीमा अवतरण भयो, त्यसपछि उनले आफ्नो अनुभव पनि सुनाएकी छिन् । कैटी पेरी अन्तरिक्ष यात्राबाट फर्कने विश्वकै पहिलो पप कलाकार बनेकी छिन् । उनले अर्बपति जेब बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनमार्फत यो उपलब्धि हासिल गरेकी हुन् ।

 

‘फायरवर्क’ र ‘क्यालिफोर्निया गर्ल्स’ गायिकालाई ब्लू ओरिजिन अन्तरिक्ष यानमा पृथ्वीको सतहबाट ६० माइल अर्थात १०० किलोमिटर भन्दा बढी उचाइमा लगेर फर्काएको थियो । कैटी पेरी अन्तरिक्ष यात्राका लागि गएको  ‘ब्लु ओरिजिन मिसन’की महिला सदस्य थिइन् । उनको १४ मिनेटको अन्तरिक्ष यात्रा सारा विश्वले हेरेको थियो । उनीसँगै यस अभियानमा थप पाँच जना महिला पनि संलग्न थिए ।

 

अन्तरिक्ष यात्रामा जानुअघि गायिकाले आफू सानैदेखि अन्तरिक्ष यात्रामा जान चाहने उनको सपना थियो, जुन अहिले आएर  साकार भएको बताइन् । आफ्नो अन्तरिक्ष यात्राबाट फर्कने बित्तिकै उनले पहिले पृथ्वीलाई चुम्बन गरिन र त्यसपछि अगाडि बढिन्। १४ मिनेटको यात्रामा उनले आफ्नो लागि केही विशेष सामान पनि लिएकी थिइन् । उनले यस यात्रामा आफ्नी छोरी डेजीलाई साथमा लैजान सकिनन्, त्यसैले उनले आफ्नो साथमा वास्तविक डेजी फूल लिएर गएकी थिइन् ।

 

कैटी पेरीको बारेमा कुरा गर्दा उनले आफ्नो गायन करियर २००१ मा सुरु गरेकी थिइन् र आज गायन उद्योगमा शीर्ष गायिकाहरू मध्ये उनी पनि एक हुन्। उनका म्युजिक एल्बम र एकल गीत सबैभन्दा धेरै बिक्रि हुने गीतहरु हुन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖