योङ ग्लोबल लिडरमा छनोट भए पछि डंगोल भन्छिन, ‘खुशी लागेको छ’

काठमाडौं, ३ वैशाख । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छिन् ।

वर्ल्ड  इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा छनोट हुन् हजारौंले आवेदन दिए पनि सिमित व्यक्ति मात्रै छनोट हुने गर्छन । 

 

विश्वभरीबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवी, राजनीतिज्ञलगायतका विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका हुन् । यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै छनोट भएकी हुन । राजनीति क्षेत्रबाट १९ जना छनोट हुँदा डंगोल पनि एकमा परेकी छिन्।

 

डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन ।  डंगोलले  योङ ग्लोबल लिडरमा आफू छनोट भएपछि खुशी लागेको बताइन । 

‘यसरी छनोट हुँदा गर्व लागेको छ,’ उनले भनिन,  ‘संसार भरको यो मञ्चमा समग्र नेपालको पनि प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रुपमा छनोट हुँदा थप खुशी लागेको छ ।’ उनले परिवर्तनका संवाहक युवा हुन भन्दै आफू स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर नै सकारात्मक सन्देश दिने यो मञ्चमा आफू छनोट हुँदा त्यो समग्र युवाको प्रतिनिधित्व भएको आफूले महशुस गरेको बताइन ।

‘यो छनोटले मलाई थप जिम्मेवारीवोध भएको महशुस गरेको छु,’ उनले भनिन,  ‘आफु जुन भूमिकामा छु त्यहाँ रहेर अझ धेरै राम्रो गर्नका लागि प्रोत्साहन पनि मिलेको छ ।’ 

 

‘मिस नेवा २०११’ की विजेता डंगोल लिपी क्वीनको समेत परिचय बनाउनु भएको व्यक्ति हुन् । उनीप्हतको टीमले स्थानीय लिपीको संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएर उपत्यका हुँदै जिल्ला र विदेशसम्म ‘क्यालिजात्रा’को पहुँच पुर्याएको थियो । उनलाई स्थानीय लिपीहरूको संरक्षणसँगै राजधानीको उपप्रमुख समेतको स्थानमा पुग्न सफल भएको भन्दै यसमा छनोट गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।