भोलि देखि धनकुटामा १५ दिने भलिवल महोत्सब शुरु

नारायण कुमार राई/धनकुटा, बैसाख ५ । जिल्लाको तल्लो टुडिखेलमा भोलि देखि १५ दिने “भलिवल उत्सब सुरु हुने भएको छ । आयोजक जिल्ला भलिवल संघले आज पत्राकार सम्मेलन गरेर सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

२० गतेसम्म चल्ने यस महोत्सवमा धनकुटाका ७ स्थानीय तहबाट २० पुरुष र ६ महिला भलिवल टोलीले सहभागीता जनाएका छन् ।

आयोजक संस्थाका अध्यक्ष गौरव कार्कीले विजेता पुरुष र महिला टोलिले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार पाउने छन् ।

उनले यस अवसरमा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, साथै परम्परागत प्रतियोगिताहरू समेत गराइने जानकारी दिए ।

महोत्सवको १५ दिने कार्यक्रम अन्तर्गत टपरी बनाउने, संख बजाउने, डोको बुन्ने, ५ किलोमिटर धनकुटा दौड प्रतियोगिता, १२ प्रकारका जातिय खानाका स्टल, घरेलु उत्पादन प्रदर्शनी र जातिय झाँकी समावेश छन् ।

कार्यक्रम खेलकुद विकास समिति, जिल्ला फुटबल संघ, धनकुटा उद्योग वाणिज्य संघ, नगरपालिका वडा नं. ५ र औद्योगिक ग्राम धनकुटाको सहयोगमा हुनलागेको हो ।

कार्कीले उत्सबबाट ३० जना भलिबल खेलाडी छनौट गरि बन्द प्रशिक्षणबाट जिल्ला स्तरिय भलिवल टोलि निर्माण गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖