कोशी प्रदेशमा बीमा बापत ६ अर्ब भूक्तानी
धनकुटा, ५ बैशाख । कोशी प्रदेशमा २०८१ असार मसान्तसम्म बीमा बापत ६ अर्ब ८ करोड रुपैयाँ दावी भुक्तानी भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखासँग बीमा सम्बन्धित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश विराटनगरले यस्तो जनाएको हो।
जीवन बीमा तर्फको २९ हजार ७ सय ५० र निर्जीवन तर्फको १३ हजार ३ सय २७ गरि जम्मा ४३ हजार ७७ दावी संख्याका लागि कम्पनीहरुले उक्त रकम भूक्तानी गरेको नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले जनाएको छ ।
उक्त अबधिमा जीवन बीमा तर्फ १९ लाख १४ हजार ७ सय २७ र निर्जीवन तर्फ ३ लाख ८१ हजार १ सय २६ बीमालेख जारी भएको प्राधिकरणले धनकुटामा गरेको कार्यक्रममा जानकारी दिइएको छ ।


