धनकुटाका सीमान्तकृत आठपहरिया समुदायले बिसु अर्थात बैशाखे चाड मनाउँदै
धनकुटा,६ बैशाख । धनकुटाको सिमान्तकृत आठपहरिया समुदाय बिसु अर्थात बैशाखे चाडमा रमाइ रहेका छन् । बिसु चाड किराँत आठपहरिया समुदायको बर्षकै पहिलो अर्थात जेठो चाड हो ।
परिवार र समुदायमा सुखशान्ती, समृद्धि र मेलमिलापको कामना गर्दै आठपहरियाहरुले आठदिन सम्म यो चाड मनाउँने चलन रहेको आठपहरिया अगुवा अष्टबहादुर आठपहरियाले जानकारी दिए । उनिहरु बर्षदिन भरी अन्नपात र बालीनाली राम्रो होस भनि मार्गाथानमा आएर पूजा गर्छन् आठपहरियाहरुले बैशाख पछि भदौ र मंसिरे पूणिमामा धुमधामका साथ चाड पर्व मनाउने गरेका छन् ।
यस चाडमा पितृ पुजा, वनभोज, धनुवाण हान्ने प्रतियोगिता लगायत हुने गर्दछन् ।


