सहिदभूमिमा सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा नगद सहयोग प्रदान
नरेन्द्र कश्चित/धनकुटा,६ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ हाङगुवा टोलमा श्रमदानबाट सडक मर्मत सम्भार गरिरहेका समूहलाई शहिद प्रकाश थापा स्मृति ट्रष्ट सहिदभूमि-१ द्वारा नगद सहयोग प्रदान गरेको छ ।
विकासका लागि अरुको मुख नताकि सकेको श्रमदानबाट ग्रामीण सडकहरुको मर्मत सम्भार गर्न सहज होस भन्ने उद्देश्यका साथ उक्त श्रमदान समूहलाई नगद रु ३० हजार हस्तान्तरण गरिएको ट्रष्टका सचिव अर्जुन थाापाले बताए ।
समाजमा भइरहेको सकारात्मक कार्यहरुमा ट्र्ष्टले सकेको सहयोग गर्दै जाने समेत सचिव थाापाले बताए ।


