सम्पूर्ण विद्यालयहरू बन्द गर्न र आउँदै गरेको कक्षा १२ को परीक्षामा पनि सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
काठमाडौ । आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन देशभरका सम्पूर्ण विद्यालयहरू बन्द गरी काठमाडौँ आउन नेपाल शिक्षक महासङ्घले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई पुनः आग्रह गरेको छ।
नेपाल शिक्षक महासङ्घद्वारा जारी गरिएको विज्ञप्तिमा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई एसइइ उत्तरपुस्तिका परीक्षणमा, प्रवेश परीक्षा र आउँदै गरेको कक्षा १२ को परीक्षामा पनि सहभागी नहुन अनुरोध गरिएको छ ।


