माइतीघर देखी बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी

काठमाडौं, ७ बैशाख । माइतीघर देखी नयाँ बानेश्वरसम्म तीनवटा समुहका प्रदर्शन र धर्ना जारी रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बानेश्वरमा, शिक्षक महासंघको नेतृत्वमा बिजुलीबजार पुल केन्द्रित र नेपाल पिछडावर्ग (ओबिसी)को नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन र धर्ना जारी रहेको हो ।

जसअनुसार माइतीघरमा  ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै दलित समुदायले माइतीघर मण्डला, परिसरको सडकमा धर्ना दिएका छन्।

नेपाल पिछडावर्ग (ओबिसी) महासंघको नेतृत्वमा दलित समुदायका अगुवाहरुले  ‘पिछडिएको समुदाय (ओवीसी) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।

 

शिक्षकहरू भने बिहान ९ बजे देखी नै बिजुली बजारमा केन्द्रित आन्दोलन जारी राखेका छन् । बिगतमा १२ः०० देखी ३ः०० बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने कार्यालय समयलाई अबरोध हुने गरी बिहान ९ः०० बजे देखी नै आन्दोलन सुरू गरेका हुन् । उनीहरू बिगत झन्डै ३ हप्ता देखी आन्दोलनमा रहेका छन् ।

 

उता, राप्रपा भने निषेधित क्षेत्र तोडने भन्दै नयाँ बानेश्वरमा केन्द्रित भएका छन् । आफ्ना पार्टी नेता बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको थप माग राखेर उनी बानेश्वरमा केन्द्रित भएका हुन् ।
 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖