धनकुटाको पाख्रिबासमा इभी हाइस गाडी दुर्घटना,सात जना घाइते(नामावली सहित)

धनकुटा,७ बैशाख । धनकुटामा इभी हाइस गाडी दुर्घटना भएको छ ।

जिल्लाको पाख्रिबास नगरपालिका ५ देबीथानमा आज भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१-ज-४६२९ नम्बरको ईभी हाईस गाडी अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त गाडीमा सवार १६ जनामध्ये ७ जना घाइते भएका छन् ।

घाइते हुनेमा भोजपुर जिल्ला रामप्रसाद राई गाउंपालिका -१ बस्ने अन्दाजी ६५ बर्षिया बीरमाया तामाङ,भोजपुर टेम्केमैयुङ गापा-७ का २९ बर्षिया बेगना चेम्जोङ,झापा बिर्तामोड नपा-७ बस्ने ८५ बर्षिया कृष्ण बहादुर राई,भोजपुर टेम्केमैयुङ गापा-७ बस्ने ३६ बर्षिया तपिराज राई,संखुवासभा चैनपुर नपा-२ बस्ने २७ बर्षिसा रमेश कार्की,भोजपुर रामप्रसाद राई गापा-१ बस्ने ३६ बर्षिया किशोर तामाङ र भोजपुर भोजपुर नपा-७ बस्ने ४८ बर्षिया प्रबिन कुमार सुवाल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

घाइते मध्ये बीरमाया तामाङ,बेगना चेम्जोङ,कृष्ण बहादुर राई,तपिराज राईलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको पाख्रीबास आधारभूत अस्पताल पाख्रीबासमा उपचार पश्चात डिस्चार्ज गरिएको प्रवक्ता खनालले बताए ।

दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको टोलीले घाइतेहरुको उद्दार गरेको र फरार रहेका चालक महालक्ष्मी नपा ९ बस्ने ३६ बर्षिया प्रकाश भण्डारीलाई फेला पारी नियन्त्रणमा लिइएको साथै दुर्घटना भएको गाडी घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।