धनकुटाको राजारानीमा पशु अस्पताल बन्दै
देब याखा/धनकुटा(चौबिसे),७ बैशाख । पशुपालक किसानहरुलाई सेवा दिने उद्देश्ले धनकुटाको चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा पशु अस्पताल(भेटेरेनरी) बन्ने भएको छ ।
कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय र गाउँपालिकाको लागत साझेदारीमा पालिकाको वडा नं.६ स्थित पालिका भवनको नजिकै अस्पताल बन्न लागेको हो ।
मन्त्रालयको ५० लाख र पालिकाको २१ लाख लागतमा अस्पतालको निर्माण गर्न लागिएको पालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।
यसै चालु आर्थिक बर्षमा योजना सम्पन्न गर्नेगरी अस्पताल भवन निर्माणका लागि पाँचथरको तुम्याहाङ निर्माण सेवा कम्पनी संग सम्झौता गरिसकेको पनि चेम्जोङले जानकारी दिनुभयो ।
ब्यबसायिक पहुपालनलाई टेवा पु¥याउन र पशुपालक कृषकहरुका पशुपन्छिहरुको उपचारमा सहयोग गर्ने उदेश्यले अस्पतालको निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
अस्पताल निर्माण पुरा भएपछि अस्पतालबाट पशु स्वास्थ्य परामर्श सेवा,औषधी तथा उपचार सेवा दिईने पालिकाका पशु शाखा प्रमुख देव नारायण श्रेष्ठले जानकारी दिनुभयो । (प्रशिक्षार्थी पत्रकार)






