गुमनाम भो चौबिसेको ऐतिहासिक कुरुले गढी,संरक्षणको तयारीमा गाउँपालिका
शैलेन्द्र तामाङ/धनकुटा(चौबिसे),८ बैशाख । धनकुटाको चौबिसे गाउँपालिका स्थित कुरुले तेनुपामा रहेको ऐतिहाँसिक कुरुले गढी संरक्षण नहुँदा गुमनाम बनेको छ ।
साबिक कुरुले तेनुपा गाबिस हाल वडा नं.३ कुरुले को गढी गाउँको नाम यसै गढीको नामबाट नामाकरण भएपनि यस गढीको भने गुमनाम बनेको छ ।
त्यहि गढीको नामले बसेको बाक्लो गढी गाउँ र पहाडको थुम्को बाहेक अहिले त्यहाँ गढी भनिएको स्थान,स्थानीयहरुको मौखिक भनाई बाहेक अरु निशान भेटिदैन ।

स्थानिय भक्त कुमार सुब्बाका अनुसार यस गढी नेपालबाट लोप भएको नागा जातिहरुको गढ भएको स्थान हो ।
परापूर्व कालमा यस स्थानमा लिम्बूहरुको संयक थर र नागाहरु बीच कयौ दिन लडाई भएको थियो ।
उक्त लडाईमा दुबै तर्फ कुनै हारजित नभई नागाहरु क्रमिक रुपमा हराउँदै युद्ध टुँगिएको थियो ।
पछि ती नागाहरुले आफ्ना हतिया्हरु हेर्ने कुरुवा राखेर आफ्नो जन्मभूमी फर्किएको र बेला बेलामा आउने जाने गर्दथे ।
यहि गढी को कामबाटै सो ठाउँको नाम कुरुवा हुँदै कुरुले भएको सुब्बाले जानकारी दिनुभयो ।
तर समय क्रम संगै ती नागाहरु त्यहाँ नफर्किएकोले उक्त स्थानमा रहेको पुरातात्विक बस्तुहरु त्यहाँबाट चोरी भएको उहाँले जानकारी दिनुभयो ।
सुब्बाका अनुसार करिव एक सय बर्ष ताका यहाँ आफूले बिभिन्न पुराना हातहतियार देखेको तर ७०÷८० वर्षतिर हराएको जानकारी दिनुभयो ।
गढी भएको मुख्य ठाउँमा अहिले कुरुले तेनुपा मा.बि.विद्यालय भवन रहेको छ ।
आर्थिक अभाव तथा बजेट नहुँदा गढी संरक्षणको काम हुन नसकेको वडा अध्यक्ष मदन संयक लिम्बूले जानकारी दिनुभयो ।
पालिकाले चालू आब २०८०÷०८१ मा ६ लाख रकम छुट्याएको र अब स्थानीय बिज्ञहरु संगको छलफल तथा परामर्श गरेर तत्काल गढी संरक्षणको काम शुरु गर्ने अध्यक्ष तुम्साले जानकारी दिनुभयो ।
यस गडिको राम्रो संरक्षण हुन सके पर्यटनको उत्कृष्ट गन्तव्य हुने स्थानीय दिपेन्द्र देवानले जानकारी दिनुभयो ।
देवानले यो गडि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा मसिएको भन्ने किम्मदन्ती पनि रहेको जानकारि दिनु भयो ।
ईतिहास बोकेको यस गढी विद्यालय बनाउने क्रमम भत्किएको स्थानीयहरुले जानकारी दिएको र पालिकाले चाँडै गढी संरक्षणको काम शुरु गर्ने पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।
यस स्थानलाई जिवित राखिराख्न कुरुले गढिलाई चौविसेको ऐतिहासिक पुस्तक भन्ने दस्तावेजमा पनि समावेस गरिएको लिम्बूले जानकारी दिनुभयो ।(प्रशिक्षार्थी पत्रकार)


